काठमाडौँ, श्रावण १६ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको आमरण अनशनबारे भएको वार्ता निष्कर्षविहीन भएको छ । विहिबार सरकार पक्ष र अनशनरत पक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको हो ।
वार्ता टोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगारपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार एक साताभित्र बाँसको नम्स, दर रेट तथा बिल्डिङ कोड निर्धारण गर्नुपर्ने भन्ने विषयमा कुरा नमिलेका कारण सहमतिमा पुग्न नसकेको हो ।
साउन १४ गतेदेखि माइतीघरमा अनसन गरिरहेका भट्टराईको स्वास्थ्यमा समस्या आएपछि गएरातीदेखि वीर अस्पतालमा भर्ना गरिएको छ ।




