काठमाडौं, श्रावण १४ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
यस बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले सार्बजनिक रुपमा दिएका अभिव्यक्तिपछि पार्टीमा देखिएको अन्तरद्वन्दको विषयमा समेत छलफल हुने बुझिएको छ ।




