इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्किए

`

     २०८२ श्रावण १० गते ५:३०

काठमाडौँ, श्रावण ९ । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयले इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा विहिबार पाँचै नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

मन्त्रालयले यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?