अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

`

     २०८२ श्रावण ०५ गते १०:१६

काठमाडौँ, श्रावण ४ । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाका अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको छ ।

आइतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक पुर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?