शेरबहादुरजी बुढो हुनुभयो

`

     २०८२ श्रावण ०४ गते १२:३०

काठमाडौं, ३ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेले कार्यगत एकताको लागि प्रस्ताव आजैपनि एकता हुने बताएका छन् । यसमा आफूहरुको कुनै बाधा तथा अवरोध नरहने खनालको भनाई छ । उनले भने,‘कार्यगत एकता हुनसक्छ, तर पार्टी एकता अहिले सम्भव छैन् ।’ उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ऐन, कानून र संविधानले एमालेमा फर्किनको लागि रोक्ने स्थिति नभएको बताए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘वामदेव गौतम नेपालको कम्युनिष्ट आन्दोलनको एउटा योद्धा हो । नेता हो । उहाँले पनि एकताबद्ध हुन जरुरी छ भनेर महशुस गरेपछि हामीसँग एकता भएको हो । हामीले पनि उहाँलाई पार्टीमा सम्मानपूर्वक स्वागत गरेका छौं । अब देशमा समाजवाद निर्माण गर्नको लागि हामीले उहाँलाई एकताबद्ध गरेका हौं । अब हामी एक दिल र एउटै चित्त लिएर समाजवादी क्रान्ति र रुपान्तरणको लागि अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?