राजेन्द्र लिङ्देनले ओलीलाई सोधे: कहाँ छ हौ तपाईंको सुशासन आयोग

`

     २०८२ आषाढ ३० गते १:२७

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ रु भनेर प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै लिङ्देनले आज देश र जनताले सुशासन आयोग खोजिरहेको बताएका हुन् ।

उनले भने,‘कहाँ छ हौ, यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज देश र जनताले खोजिरहेका छन्, मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्यहरु सार्वजनिक भैरहेको छ । यदि नैकिता छ भने र सुशासनप्रति अलिकति पनि प्रतिबद्धता छ भने यी मन्त्रीहरुको राजीनामा आउनुपर्ने हो कि होईन ? यी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने हो कि होईन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?