काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले सोमबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रा.डा.खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा.योगेन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गत जेठ ६ गते सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय छनोट सिफारिस समिति गठन गरेका थिए ।






