ज्ञानेन्द्रको ७९औँ जन्मोत्सवको शुभकामना दिन निर्मल निवास खुला

`

     २०८२ आषाढ २३ गते ११:४२

काठमाडौँ, असार । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?