काठमाडौं, १७ असार । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनको आवश्यक पूर्व तयारी गरिएको बताएका छन् ।
आज राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विपद्पछिको प्रतिकार्यका लागि आवश्यक तयारी पूरा भएको बताए । उनले विपद् व्यवस्थापन र विपद्पछिको उद्दारको सन्दर्भमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायलाई सरकारले निर्देशन दिइसकेको उनले बताए ।




