टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

`

     २०८२ आषाढ १२ गते ७:०६

काठमाडौं, असार १२ । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।

विहिबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै टिकटक बनाएका कारण प्रहरीले साइबर कानुन प्रयोग गर्दै असार १ गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?