राष्ट्र बैंकले आज फेरि बजारबाट ६० अर्ब झिक्दै

`

     २०८२ आषाढ ११ गते १२:००

काठमाडौँ, असार ११ । नेपाल राष्ट्र बैंकले आज बुधबार फेरी बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैकले बजारबाट पैसा झिक्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?