सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण

`

     २०८२ आषाढ १० गते ३:२०

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ ।

रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?