काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आजको प्रतिनिधि सभामा निलो रिबन लगाएर विरोध गर्ने भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नोलो रिबन लगाएर विरोध गर्ने भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिएका छन् ।
(निलो रिबन) मानव तस्करीबिरूद्धको अभियानलप विश्वव्यापी प्रतिक मानिने भन्दै रास्वपाले यस्तो विरोधको शालि अपनाएको झाले बताएका छन् ।




