परराष्ट्रमन्त्री राणाले इजरायल-इरान द्वन्द्वबारे राजदूतसँग लिइन् जानकारी

`

     २०८२ आषाढ ०२ गते ३:४४

काठमाडौं, २ असार । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यसबाट उत्पन्न परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत बासले मन्त्री राणालाई इजरायल-इरान द्वन्द्व र त्यहाँको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन् ।

उक्त भेटमा मन्त्री राणाले इजरायलमा रहेका नेपाली नागरिकको अवस्था र उनीहरूको सुरक्षाका लागि आवश्यक सहयोगबारे चासो व्यक्त गर्दै इजरायल सरकारसँग सहकार्य गर्न राजदूत बासमार्फत आग्रह गरिन् । राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?