काठमाडौँ, जेठ २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ ।
प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
यी बाहेक ७ देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैर(आप्रवासन भिसा दुवैमा लागू हुनेछ । जसमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।




