advertisement

९औं राष्ट्रिय सम्मेलनमा यायोक्खा अध्यक्ष दिवस राईले संघका संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई समेत निषेध गरी आफू सम्बद्ध पार्टी (नेकपा)को विचार बोक्ने विद्यार्थीहरुलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको रामचन्द्र राईले आरोप लगाउँदै आएका छन् । तर जितेन जितेन नेतृत्वकाे संगठनमा पनि रामचन्द्र सम्बद्ध पार्टीकाे विचार बोक्ने विद्यार्थीहरु पनि छन् ।

यायोक्खा अध्यक्ष दिवस राईले आफ्नाे विचार र कुराहरूलाई वेवास्ता गर्दै आएकाे रामचन्द्रकाे आराेप छ । ‘उहाँले आफू अनुकुलका मान्छे ल्याउने गरी लबिङ गर्नुभो, हाम्रा कुराहरुमा चासो दिनुभएन,’ उनले भने, ‘विद्यार्थीको सम्मेलनमा देखिएको विवाद मिल्ने अपेक्षासहित हामीले पटकपटक उहाँको ध्यानाकर्षण गरायौँ, तर उहाँले कुनै पहल नै गर्नुभएन ।’

के भन्छन् जितेन ?

अध्यक्ष जितेन राईले पनि आफूहरु मिल्न तयार भएको तर व्यक्तिगत इच्छा र चाहानालाई त्याग्नु पर्ने बताएका छन् । सबैभन्दा पहिला गलत प्रवृतीहरु छोड्नु पर्ने उनको जाेड छ  ।

‘व्यक्तिगत इच्छा र चाहाना पूरा नहुँदा सिंगो संगठन, समूदाय र समाजको बदनाम गर्ने कुरा संगठनलाई कुनै पनि हालतमा मान्य हुँदैन,’ उनले भने, ‘ती सबै कुरालाई सच्च्याएर फेरि समूदाय र उत्पीडित जातिको मुक्तिका लागि एकताबद्धता भएर जान हिम्मत गर्ने साथीहरुलाई मिलाउन हामी तयार नै छौँ ।’

गलत प्रवृति छाडे उचित जिम्मेवारी दिएर संगठनलाई मजबुद र एकताबद्ध गरेर लाने विषयमा आफूहरु पनि लचकता हुने अध्यक्ष राईले बताए । उनले भने, ‘पदकै लागि संगठनमा जे पनि गर्न तयार हुने प्रवृती छोडे पछि छुटेका संघका साथी हरुलाई उचित जिम्मेवारी दिएर संगठनलाई मजबुद र एकताबद्धता गरेर लाने विषयमा हामी लचकता अपनाउने छौँ ।’

अध्यक्ष जितेनले संगठनको विधि प्रकृया भित्र नै रहेर मिल्न तयार रहेकाे बताए । उनले एकोहोरो संगठनको नेतृत्वमा बार्गेनिङ गर्न नहुने पनि बताए । ‘संगठनको विधान पनि नमान्ने विधि पनि अस्विकार गर्ने ? अनि एकोहोरो संगठनको नेतृत्वमा बार्गेनिङ गर्ने ? विभिन्न हर्कतहरु गरेर संगठनको बदनाम गर्ने ? त्योस्तो प्रबृती वा पात्रले नेतृत्व गर्यो भने समुदायले के अपेक्षा गर्ने ? उनले भने, ‘मुलत यो प्रबृतीलाई गलत भनेर स्विकार गरे पछि हामी चौडा छाती बनाउने छौँ, हामिले भनेको प्रथम संगठन नै हो त्यसपछि मात्रै ब्यक्ति हो पात्र हो ।’

" /> विभाजित किरावि संघलाई मिलाउनको लागि यायोक्खा थाल्याे पहल, के भन्छन् जितेन र रामचन्द्र ? - Sarbocha Media

विभाजित किरावि संघलाई मिलाउनको लागि यायोक्खा थाल्याे पहल, के भन्छन् जितेन र रामचन्द्र ?

`

     २०७६ चैत्र ०६ गते १:०५

काठमाडाैं, ६ चैत्र । गत वैशाखमा खोटाङको दिक्तेलमा सम्पन्न संघको ९ औं राष्ट्रिय सम्मेलनबाट विभाजित भएको किरात राई विद्यार्थी (किरावि) संघलाई मिलाउनको लागि किरात राई यायोक्खाले पहल थालेको छ ।

नवौं राष्ट्रिय सम्मेलनले जितेन राईको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । त्यही राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट असन्तुष्ट विद्यार्थीहरुको १८ भदौमा झापाको दमकमा भएको भेलाले रामचन्द्र राईको अध्यक्षतामा ५७ सदस्यीय अर्को केन्द्रीय समिति घोषणा गर्यो ।

यसरी केन्द्रीय समिति दुई वटा बनेको ६ महिना पछि मातृ संस्था किरात राई यायोक्खाले किरावि संघलाई मिलाउनको लागि पहल शुरु गरेको हो ।

विभाजित दुई विद्यार्थी संघलाई मिलाउनको लागि यायोक्खा उपाध्यक्ष तथा छलफल समितिको संयोजक जीवन राईले यही शनिबार दुवै पक्षलाई छलफलको लागि योयाक्खाको केन्द्रीय कार्यलयमा बेलाएका छन् ।

के भन्छ असन्तुष्ट  पक्ष ? 

असन्तुष्ट पक्ष अर्थात् रामचन्द्र राईकाे पक्षले आफूहरू मिल्न तयार रहेकाे तर आफ्नो मागहरु सम्बोधन हुनुपर्ने बताएका छन् । केन्द्रय सदस्य र परिषदमा दुवै पक्षको आधा/आधा हुनुपर्ने रामचन्द्रकाे माग छ । अध्यक्षको कार्यकाल पनि आधा/आधा चलाउनु पर्ने उनको माग रहेको छ । उनले दुई जना अध्यक्ष बनाए पनि आफूहरु मिल्न तयार भएको बताए ।

advertisement

९औं राष्ट्रिय सम्मेलनमा यायोक्खा अध्यक्ष दिवस राईले संघका संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई समेत निषेध गरी आफू सम्बद्ध पार्टी (नेकपा)को विचार बोक्ने विद्यार्थीहरुलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको रामचन्द्र राईले आरोप लगाउँदै आएका छन् । तर जितेन जितेन नेतृत्वकाे संगठनमा पनि रामचन्द्र सम्बद्ध पार्टीकाे विचार बोक्ने विद्यार्थीहरु पनि छन् ।

यायोक्खा अध्यक्ष दिवस राईले आफ्नाे विचार र कुराहरूलाई वेवास्ता गर्दै आएकाे रामचन्द्रकाे आराेप छ । ‘उहाँले आफू अनुकुलका मान्छे ल्याउने गरी लबिङ गर्नुभो, हाम्रा कुराहरुमा चासो दिनुभएन,’ उनले भने, ‘विद्यार्थीको सम्मेलनमा देखिएको विवाद मिल्ने अपेक्षासहित हामीले पटकपटक उहाँको ध्यानाकर्षण गरायौँ, तर उहाँले कुनै पहल नै गर्नुभएन ।’

के भन्छन् जितेन ?

अध्यक्ष जितेन राईले पनि आफूहरु मिल्न तयार भएको तर व्यक्तिगत इच्छा र चाहानालाई त्याग्नु पर्ने बताएका छन् । सबैभन्दा पहिला गलत प्रवृतीहरु छोड्नु पर्ने उनको जाेड छ  ।

‘व्यक्तिगत इच्छा र चाहाना पूरा नहुँदा सिंगो संगठन, समूदाय र समाजको बदनाम गर्ने कुरा संगठनलाई कुनै पनि हालतमा मान्य हुँदैन,’ उनले भने, ‘ती सबै कुरालाई सच्च्याएर फेरि समूदाय र उत्पीडित जातिको मुक्तिका लागि एकताबद्धता भएर जान हिम्मत गर्ने साथीहरुलाई मिलाउन हामी तयार नै छौँ ।’

गलत प्रवृति छाडे उचित जिम्मेवारी दिएर संगठनलाई मजबुद र एकताबद्ध गरेर लाने विषयमा आफूहरु पनि लचकता हुने अध्यक्ष राईले बताए । उनले भने, ‘पदकै लागि संगठनमा जे पनि गर्न तयार हुने प्रवृती छोडे पछि छुटेका संघका साथी हरुलाई उचित जिम्मेवारी दिएर संगठनलाई मजबुद र एकताबद्धता गरेर लाने विषयमा हामी लचकता अपनाउने छौँ ।’

अध्यक्ष जितेनले संगठनको विधि प्रकृया भित्र नै रहेर मिल्न तयार रहेकाे बताए । उनले एकोहोरो संगठनको नेतृत्वमा बार्गेनिङ गर्न नहुने पनि बताए । ‘संगठनको विधान पनि नमान्ने विधि पनि अस्विकार गर्ने ? अनि एकोहोरो संगठनको नेतृत्वमा बार्गेनिङ गर्ने ? विभिन्न हर्कतहरु गरेर संगठनको बदनाम गर्ने ? त्योस्तो प्रबृती वा पात्रले नेतृत्व गर्यो भने समुदायले के अपेक्षा गर्ने ? उनले भने, ‘मुलत यो प्रबृतीलाई गलत भनेर स्विकार गरे पछि हामी चौडा छाती बनाउने छौँ, हामिले भनेको प्रथम संगठन नै हो त्यसपछि मात्रै ब्यक्ति हो पात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?