वाइसीएलको नयाँ नेतृत्वका लागि आज मतदान

`

     २०८२ ज्येष्ठ २३ गते ११:०५

काठमाडौं, २२ जेष्ठ । नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपालको तेस्रो सम्मेलन काठमाडौंमा जारी छ । अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज निर्वाचन हुने भएको छ ।

तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नका लागि पार्टी नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो । त्यसका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

बुधवार साँझ नै निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन भइसकेको छ । जसमा निर्वाचनमा सहभागी हुनका लागि १ हजार ५५२ जना प्रतिनिधि रहेका छन् । मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन समितिले नाम छुटेको, नाम र कोड नम्बर फरक परेमा समयमै सम्बन्धित प्रदेशको नेतृत्वमार्फत सच्याउन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?