पृथ्वीनारायण शाहले अरुलाई मास्ने काम गरेको हो: प्रधानमन्त्री ओली

`

     २०८२ ज्येष्ठ १८ गते ४:२३

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू अहिले आएर पृथ्वीपथ भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको सन्दर्भमा नमिल्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले आजका आवश्यकता अनुसारका नीति चाहिने पनि बताए।

प्रधानमन्त्री ओलीले एउटाले पृथ्वीपथ भने अर्काले मल्लपथका कुरा गर्न सक्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?