भिजिट भिसा प्रकरणबारे संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

`

     २०८२ ज्येष्ठ १५ गते ४:४६

काठमाडौं,जेठ १४ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरूले संसद्को कामकारबाहीलाई अघि बढाउन नदिएपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। तर त्यसपछि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि गृहमन्त्री लेखकले संघीय संसद् भवनको ल्होत्से हलमा आज ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका छन्। तर सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन नगर्ने अडान राख्दै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?