काठमाडौँ, ११ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बृहस्पति मार्गस्थित डेरामा बस्दै आएकी ५० वर्षीया जाजरकोटको स्थायी बासिन्दा रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।
आइतबार दिउँसो अन्दाजी १ः५० बजे तिर रोशनी शाहीको डेरा रहेको तीनतले पक्की घरको पहिलो तलाको कोठामा भित्रबाट चुकुल लगाई उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
घटनाको प्रकृति, मृतकको शरीरको अवस्था र कोठाको अवस्थालाई मध्यनजर गर्दै अनुसन्धान भइरहेको बताइएको छ। घटनाका बारेमा थप विवरण संकलन कार्य जारी रहेको र पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण पुष्टि हुने प्रहरीले जानकारी दिएको छ।




