गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ

`

     २०८२ ज्येष्ठ १३ गते १२:१८

काठमाडौँ, जेठ १२ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उती राज्यको साख गिर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?