कर्मचारीले गरेको गलत कामको आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत

`

     २०८२ ज्येष्ठ १२ गते १२:२६

विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको भन्दै बचाउ गरेका छन् । अजा विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले यस्तो बताएका हुन् ।

उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । उनले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको स्मरण गराए । तर, अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने उनको मत छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले भने नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?