एजेन्सि, २५ वैशाख । पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको दैनिक भास्करको समाचारमा उल्लेख छ।
यसैबिच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ । सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ।




