पोखरा महानगर ४ का अध्यक्ष पक्राउ, बाँकी अनुसन्धान हुँदैछ

`

     २०८२ वैशाख २४ गते ७:१३

काठमाडौं, वैशाख २४ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली अपरान्ह्र ४ बजे पक्राउ परेका छन्।

उनीविरूद्ध मंगलबार वडा नम्बर ४ कै व्यवसायी लेखनाथ सुवेदीले अभद्र व्यवहारको जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनले कुटपिट गरेको भनिएको छ, बाँकी अनुसन्धान हुँदैछ- डिएसपी बस्नेतले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?