प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

`

     २०८२ वैशाख २१ गते ३:१५

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?