काठमाडौँ, बैशाख २१ । हेटौंडामा शुक्रवार अपरान्ह माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) सडकमा एक्कासी भासिएर बेपत्ता भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बलेरो गाडी भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रोकिराखेको ठाउँमा एक्कासी सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो ।




