काठमाडौं, ६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसका काराण आजदेखि सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दैनिक भेटघाट नगर्ने निर्णय गरेका छन् ।
अध्यक्ष प्रचण्डले आजदेखि दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित गरेका हुन् । अबदेखि उनलाई भेट्न अत्यावश्यक भएमात्र पाउनेछन् । त्यसबाहेककाले भने भेट्न नपाइने जनाइएको छ ।

अध्यक्ष प्रचण्डालाई दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन् । तर बिहीबारदेखि भने उनले विशेष काम बाहेक अरु कोहीसंग नभेट्ने भएको बताइएको छ ।




