काठमाडौँ, ३ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी ९तरलता० तान्ने भएको हो । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने जनाएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्नेछ । यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैङ्कहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।




