प्रचण्डले आन्दोलनरत शिक्षकहरूलाई भने- हामी तपाईँहरूको साथमा छौँ

`

     २०८१ चैत्र २३ गते ५:२५

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलामा माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गर्दै उनले शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताए ।

‘शिक्षहरूलाई बधाई भन्न चाहन्छु । तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोड्दिन भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईँहरूको साथमा छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?