म्याद नाघेका अश्रुग्यास प्रयोग गरेका छैनौं : महानिरीक्षक दिपक थापा

`

     २०८१ चैत्र २१ गते ४:२६

काठमाडौं, २२ चैत । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।

‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन,’ समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?