काठमाडौं, २२ चैत्र । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशन कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् ।
उनले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्दे्रणी कम्प्लेक्समा पत्रकार सम्मेलन बोलाएका हुन् ।
आफूलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि पत्रकार सम्मेलनमार्फत प्राधिकरणमा रहँदा गरेका कामहरुबारे जानकारी दिने र आफ्नो बर्खास्तीका विषयमा पनि मत राख्नेछन् ।




