कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

`

     २०८१ चैत्र १६ गते ११:४४

काठमाडौं, चैत १७ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ।

यसअघि शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?