कुलमान बर्खास्तको विषयको कारण आज पनि राष्ट्रिय सभा बैठक स्थगित

`

     २०८१ चैत्र १३ गते १:१४

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले हिजो पनि बैठक अबरुद्ध गरेका थिए । प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्ष नारायण दाहालले बैठक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?