एजेन्सि, ८ चैत । उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको विज्ञप्तिमार्फत जनाएको हो ।
तीब्र गोलीबारीका क्रममा अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तरको पनि मृत्यु भएको बताइएको छ ।




