काठमाडौं, फाल्गुण ३०। समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका छन् । बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्।
मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।




