सरोज गुरागाईंलाई हाजिर नगराउने बालेनको अडान

`

     २०८१ फाल्गुन २२ गते ५:१९

काठमाडौं, २२ फाल्गुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेको छ ।

शहरी विकास मन्त्रालयले प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न दिन भन्दै महानगरलाई पत्राचार गरेको थियो । त्यसलाई अस्वीकार गर्दै महानगरबाट पत्राचार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?