काठमाडौं, २० फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले मेयर बालेन शाहले आफ्नो कमिकमजोरी ढाकछोप गर्न र दोष अरुलाई थोपरेर चोखो बन्न खोजेको आरोप लगाएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर शाहबीच प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयमा आरोपप्रत्यारोप चलिरहेको छ । यही सन्दर्भमा भट्टराईले बेठिक गरेको टिप्पणी गरेका हुन् ।




