सरकारले तोकेको मूल्य भन्दा कम मूल्यमा दूध बेच्न बाध्य दूध उत्पादक

`

     २०८१ फाल्गुन १९ गते १२:३०

काठमाडौँ, १९ फाल्गुन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् ।

निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक ६५ प्रतिलिटर तोकेकोमा उनीहरूले यो मूल्यमा ३ कम गरेर लैजाने गरेको जानकारी दिए ।

दूधको आयात नरोकिँदा उनीहरूले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका छन् । अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका छन् ।

विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यमा नपाए भोलिदेखि दूध लिन आउँदिन भन्ने गरेको उनले बताए ।

अहिले जिल्लाका किसानले ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौयता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?