काठमाडौँ, ११ फाल्गुन । ताप्लेजुङमा प्रहरीले १५ जना ‘नो केबलकार पक्ष’लाई पक्राउ गरेको छ । शनिबार साँझ फुङलिङको विरेन्द्र चोकमा भएको झडपपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । झडपको क्रममा केही व्यक्ति घाइते भएका थिए ।
पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको पनि उनले बताए ।




