अनलाइन बेटिङ गर्ने २४ जना पक्राउ, ३ महिनामा १ अर्ब ६४ करोड बढी कारोबार

`

     २०८१ फाल्गुन ०६ गते ३:१९

काठमाडौं । प्रहरीले बूढानीलकण्ठको एक घर छापा मारेर २४ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति अनलाइन बेटिङ खेलाइरहेको आशंकामा दोस्रोपटक छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ ।

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?