काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने बताउँदै अरूलाई पनि थाहा पाएसम्म गर्न नदिने बताएका छन् ।
काठमाडौंमा आज युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै ओलीले ‘स्टन्ट’ बाजीबाट देश नचल्ने देश बनाउनका लागि काम गर्नुपर्ने बताए । ओलीले भने ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने रु कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’
उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने धारणा राख ।




