काठमाडौं, माघ १३ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासमा रविका तर्फबाट केही कानून व्यवसायी र बादीका तर्फबाट जवाफी बहस भएको थियो ।
रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरेका थिए । थुनछेक बहस सकिएको र अहिले न्यायाधीश आदेशको तयारी गरिहेका छन् ।




