राप्रपाको केन्द्रीय समिति बैठक मूल एजेन्डामा केन्द्रित हुन सकेन

`

     २०८१ माघ १३ गते १:२९

काठमाडौँ, १३ माघ । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले पार्टीको जारी केन्द्रीय समिति बैठक पार्टीको मूल एजेन्डामा केन्द्रित हुन नसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकी ठिमितिर त भएन रु’ राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एकढिक्का बनाएर मूल एजेन्डामा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बिचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?