युद्धविरामसँगै गाजामा राहत बोकेर चार सय ट्रक प्रवेश गर्दै

`

     २०८१ माघ ०६ गते ५:०८

काठमाडौँ, माघ ६ । इजरायल र हमासबीच युद्धविरामको घोषणा भएसँगै ४ हजार ट्रक राहत सामाग्रीसहित गाजा प्रवेशको तयारीमा रहेका छन् ।

प्यालेस्टाइन शरणार्थीहरुको संयुक्त राष्ट्र संघीय एजेन्सीले ४ हजारभन्दा बढी ट्रक गाजा प्रवेशको तयारीमा रहेको जानकारी दिएको हो ।

आधा भन्दा बढी ट्रकले खाद्यान्न र पिठो बोकेको एजेन्सीले जनाएको छ । त्यस्तै कैयौं ट्रकले औषधिसहितका राहत सामग्रीसमेत बुकको एजेन्सीले उल्लेख गरेको छ ।

गाजा युद्धविराम यस अघि तोकिएको भन्दा तीन घण्टा ढिलो गरी कार्यान्वयनमा आएको छ । इजरायलले युद्धविरामको घोषणा गरेसँगै गाजामा सर्बसाधारण आफ्नो घरतर्फ लागिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?