रविको बयान सकियो

`

     २०८१ पौष २८ गते ३:०५

काठमाडौं, पुष २८ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा रविको बयान भएको हो । बयान सकिएसँगै थुनछेक बहस आजैबाट सुरु हुने अदालत स्रोतले जनाएको छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?