म र माधवजी एकजुट हुने भइसकियो : वामदेव गौतम

`

     २०८१ पौष १७ गते ४:५९

काठमाडौं, १७ पुष । राष्ट्रियसभा सदस्य वामदेव गौतम र माधव नेपालको वार्ता सकिएको छ । निर्णायक भनिएको आजको वार्ता सकारात्मक भएको वामदेवको प्रतिक्रिया छ ।

मिडियाकर्मीहरुसँगको प्रतिक्रियामा गौतमले भने,‘म र माधवजी एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?