रौतहटमा आधा दर्जन भन्दा बढी घर जलेर नष्ट

`

     २०८१ पौष १५ गते १०:५२

काठमाडौँ, पौष १५ । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ। आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

गएराति सवा २ बजेको समयमा राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?