काठमाडौं, पुष १४ । श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा नेपालीको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो ।
श्रीलंकाको लागि राजदूतमा यसअघि रामकृष्ण भट्टराईको नाम सिफारिस भएको थियो । तर,उनीसँग स्नातक पासको सर्टिपिकेट नभएपछि समितिबाट अस्वीकृत भएका थिए ।




