रवि लामिछानेको बयान सकियो

`

     २०८१ पौष १२ गते ५:३४

काठमाडौँ, पौष १२ । सहकारीको रकम अपचलनमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सकिएको छ ।

लामिछानेसँग बुधबार न्यायाधीश नितिज राईले ३ घण्टा बयान लिएका थिए । बुधबारदेखि सुरु भएको लीला पछाईको बयान बुधबार सकिएपछि लामिछानेको बयान सुरु गरिएको बयान शुक्रबार सकिएको छ । न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् ।

उनले अभियोगपत्रमा भनेजस्तो कुनै पनि कसूरमा आफ्नो संलग्नता नरहेको अदालत सामु बयान दिएका छन् । अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?