एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्दै

`

     २०८१ पौष १० गते १०:५०

काठमाडौं, पुस १०। सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बिहान ११ बजे बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ ।

एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आजको बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?